
मुस्ताङ । हिमालपारीको जिल्ला मुस्ताङ मा नेपाली कांग्रेस का योगेश गौचन थकाली विजयी भएका छन्।
गौचनले ३ हजार ३ सय ७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले का इन्द्रधारा विष्ट ले १ हजार ८ सय ६ मत प्राप्त गरेका छन्।
गौचन यसअघि विघटित प्रतिनिधि सभाका सदस्य थिए। उनी कांग्रेस नेता तथा पूर्वमन्त्री रोमी गौचन का छोरा हुन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित