
भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रूकेश रन्जित अग्रस्थानमा छन्।
यो क्षेत्र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को किल्लाको रूपमा मानिँदै आएको छ। तर यसपटक भने रास्वपाले सुरुदेखि नै अग्रता कायम गरेको छ।
हालसम्मको मतगणना अनुसार रास्वपाका रन्जितले ६ हजार ६७२ मत प्राप्त गरेका छन् भने नेमकिपाका प्रेम सुवाल ले ३ हजार ४६३ मत प्राप्त गरेका छन्।
भक्तपुर क्षेत्र नम्बर १ मा नेमकिपाले २०४८ सालदेखि लगातार जित्दै आएको थियो।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित