झापा–५ मा ओलीभन्दा चार गुणा बढी मतसहित बालेन्द्र साह अगाडि

काठमाडौं । झापा क्षेत्र नम्बर ५ को पछिल्लो मतगणना अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह ले फराकिलो अग्रता बनाएका छन्। उनले नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली भन्दा झण्डै चार गुणा बढी मत ल्याएका छन्।

अहिलेसम्म ७ हजार ६ सय ५१ मत गणना हुँदा बालेन्द्र साहले ५ हजार २ सय ५४ मत प्राप्त गरेका छन्। ओली भने १ हजार २ सय ४८ मतमा सीमित भएका छन्।

यस निर्वाचन क्षेत्रमा अन्य दलका उम्मेदवारले भने उल्लेख्य मत ल्याउन सकेका छैनन्। तेस्रो स्थानमा श्रम संस्कृति पार्टी का उम्मेदवार समिर तामाङ रहेका छन्। उनले ३२५ मत प्राप्त गरेका छन्।

त्यसैगरी नेपाली कांग्रेस की उम्मेदवार मन्दरा चिमोरिया ले १८५ मत प्राप्त गरेकी छन्। नेपाल कम्युनिस्ट पार्टी का रञ्जित तामाङ ले १२९ मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी का लक्ष्मीप्रसाद संग्रौला ले ११ मत प्राप्त गरेका छन्।

केही उम्मेदवारले भने हालसम्म मतको खाता समेत खोल्न सकेका छैनन्।

प्रतिक्रिया

ताजा समाचार