मोरङमा मतगणना स्थलमै रास्वपा नेता दुर्गा रेग्मीको निधन

काठमाडौँ। मोरङ क्षेत्र नम्बर २ को मतगणना स्थलमा रास्वपा मोरङका जिल्ला सदस्य दुर्गा रेग्मीको निधन भएको छ।

प्रहरीका अनुसार उनको मृत्यु हृदयघातका कारण भएको हो।

बिहानदेखि मतगणना सुरु भएको केही समयमै ढलेका रेग्मीको मृत्यु घटनास्थलमै भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।

हाल मृतकको शव पोष्टमार्टमका लागि कोसी अस्पतालमा लगिएको छ।

प्रतिक्रिया

ताजा समाचार