
काठमाडौँ । प्रतिनिधि सभाको बिहीबार भएको मतदानको जारी मतगणनामा काभ्रे क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बदन भण्डारी ले फराकिलो अग्रता लिएका छन्।
हालसम्मको मतगणना अनुसार भण्डारीले ५ हजार १०८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले का अशोक ब्याञ्जु ले २ हजार ४८ मत ल्याएका छन्।
त्यस्तै नेपाली कांग्रेस का मधु आचार्य ले १ हजार १८७ मत प्राप्त गरेका छन्।
अहिलेसम्म धुलिखेल नगरपालिका का वडा नम्बर १ देखि ७ सम्मको मतगणना सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित