
इलाम । इलाम क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणना अनुसार नेकपा एमाले र श्रम संस्कृति पार्टी का उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ।
एमालेका उम्मेदवार सुहाङ नेम्वाङ ले अग्रता लिएका छन्। उनले ४९१ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका उम्मेदवार सुदिप राई ले ४४३ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेपाली कांग्रेस का उम्मेदवार भेषराज आचार्य ले २१० मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गोकुल राई ले १७१ मत पाएका छन्।
नेपाल कम्युनिस्ट पार्टी का उम्मेदवार ओम गुरुङ ले ५१ मत प्राप्त गरेका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित