रुकुम पूर्वमा प्रचण्डको जित लगभग निश्चित

काठमाडौं । रुकुम पूर्व मा नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जित लगभग निश्चित भएको छ।

हालसम्मको मतगणना अनुसार प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमाले का लीलामणि गौतम ले ३ हजार १७ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन्। दुवैबीचको मतान्तर ५ हजार ७२९ रहेको छ।

अब उक्त क्षेत्रमा ३ हजार ३६५ मत मात्रै गणना गर्न बाँकी रहेको छ, जसका कारण प्रचण्डको जित लगभग निश्चित मानिएको छ।

हिजो सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कुल १९ हजार १८८ मत खसेको थियो। अहिलेसम्म १५ हजार ८२३ मत गणना भइसकेको छ।

त्यसैगरी नेपाली कांग्रेस की उम्मेदवार कुसुमदेवी थापा ले २ हजार ४७७ मत प्राप्त गरेकी छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लखन कुमार थापा ले ७१२ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार