काठमाडौं क्षेत्र नम्बर ६ मा रास्वपाका शिशिर खनाल विजयी

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। यद्यपि, उनको जितको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ।

खनालले २७ हजार ७११ मत प्राप्त गर्दै प्रतिनिधि सभामा निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस का कृष्ण बानियाँ क्षेत्री ले ६ हजार ६४७ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा एमाले का उम्मेदवार अमनकुमार मास्के ले ४ हजार ३७३ मत प्राप्त गरेका छन्।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी का उद्धवराज भेटुवाल ले २९० मत पाएका छन् भने नेपाल कम्युनिस्ट पार्टी का हेमलाल शर्मा (हिमाल शर्मा) २३१ मतमा सीमित भएका छन्।

प्रतिक्रिया

ताजा समाचार