
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन्।
श्रेष्ठले २४ हजार ५९२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी का सुमन सायमी ले ३ हजार २१७ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेपाली कांग्रेस की उम्मेदवार सपना राजभण्डारीले २ हजार ७९९ मत प्राप्त गरेकी छन् भने नेकपा एमाले का राजेश शाक्य ले १ हजार ९०९ मत प्राप्त गरेका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित