
काठमाडौं । धादिङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशिका तामाङ जिततर्फ लम्किएकी छन्। उनले निकटतम प्रतिस्पर्धीभन्दा दोब्बरभन्दा बढी मतसहित अग्रता कायम गरेकी छन्।
पछिल्लो मतगणना अपडेटअनुसार आशिका तामाङले ८ हजार १०८ मत प्राप्त गरेकी छन्। नेकपा एमाले का भूमि त्रिपाठी ३ हजार ७८१ मतसहित दोस्रो स्थानमा रहेका छन् भने नेपाली कांग्रेस का कृष्ण रिजाल २ हजार ३४९ मतसहित तेस्रो स्थानमा छन्।
चौथो स्थानमा रहेका नेपाल कम्युनिस्ट पार्टी का राजेन्द्रप्रसाद पाण्डे ले २ हजार ३१८ मत प्राप्त गरेका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित