
काठमाडौं । झापा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार निशा डाँगी ले जारी मतगणनामा फराकिलो अग्रता बनाएकी छन्। पछिल्लो अपडेट अनुसार उनले निकटतम प्रतिस्पर्धीभन्दा तीन गुणाभन्दा बढी मतले अग्रता लिएकी छन्।
हालसम्म निशा डाँगीले ७ हजार ९४३ मत प्राप्त गरेकी छन्। दोस्रो स्थानमा रहेका माटो पार्टी का उम्मेदवार केवलराम राई ले २ हजार ५१३ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेपाली कांग्रेस का केशवराज पाण्डे ले १ हजार ९३४ मत प्राप्त गरेका छन् भने नेकपा एमाले का रामचन्द्र उप्रेती ले १ हजार ६७१ मत ल्याएका छन्। नेपाल कम्युनिस्ट पार्टी का अशेष घिमिरे ले ४०० मत प्राप्त गरेका छन्।
रास्वपाको प्रभाव बढी रहेका क्षेत्रमा भर्खरै मतगणना सुरु भएको हुँदा निशा डाँगीको अग्रता अझै फराकिलो बन्ने सम्भावना रहेको छ। जेन–जेड उम्मेदवार डाँगी यसअघि रास्वपाकी समानुपातिक सांसद रहिसकेकी छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित