मकवानपुर-२ मा रास्वपाका उप्रेतीको दोब्बर अग्रता

हेटौँडा । मकवानपुर क्षेत्र नं २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रशान्त उप्रेतीले दोब्बरभन्दा बढी मतान्तरसहित अग्रता कायम गर्नुभएको छ । मनहरी गाउँपालिकाको चारवटा वडाको मत गणना सम्पन्न भएको हो । हालसम्म आठ हजार ८२४ मत गणना हुँदा उप्रेतीले तीन हजार ६५७ मत प्राप्त गर्नुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बुद्ध लामाले एक हजार ७२१ मत ल्याउनुभएको छ । त्यस्तै, नेकपा (एमाले)का महेश बर्तौलाले एक हजार ५४७ तथा नेपाली कम्युनिष्ट पार्टीका लवशेर बिष्टले ५९२ मत प्राप्त गर्नुभएको हो । हालसम्मको मत गणनाअनुसार यहाँ ५७० मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार