काठमाडौं–३ मा रास्वपाका राजुनाथ पाण्डे निर्वाचित

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजुनाथ पाण्डे विजयी भएका छन्।

पाण्डेले १८ हजार ७५७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टी का अध्यक्ष कुलमान घिसिङ ले ११ हजार १७१ मत प्राप्त गरेका छन्।

त्यसैगरी नेपाली कांग्रेस का रमेश अर्याल ले ६ हजार मत प्राप्त गरेका छन् भने नेकपा एमाले का रामेश्वर फुयाँल ले ३ हजार ८१६ मत प्राप्त गरेका छन्।

विजयी ५५ वर्षीय पाण्डे काठमाडौं महानगरपालिका का पूर्व नगर प्रहरी प्रमुखसमेत हुन्।

प्रतिक्रिया

ताजा समाचार