
काठमाडौं । रसुवा जिल्ला मा नेपाली कांग्रेस का मोहन आचार्य विजयी भएका छन्।
शुक्रबार राति सम्पन्न मतगणनाअनुसार आचार्यले १० हजार ६५६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बसन्त भट्ट ले ५ हजार ५७१ मत प्राप्त गरेका छन्।
हिजो सम्पन्न मतदानमा रसुवामा ६०.६१ प्रतिशत अर्थात् २५ हजार १३६ मत खसेको थियो। जिल्ला निर्वाचन कार्यालय, रसुवा का अनुसार एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा २५ हजार १३६ मतदाता मतदानमा सहभागी भएका थिए।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित