
विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुविना आचार्य विजयी भएकी छन्। नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालालाई फराकिलो मतान्तरले पराजित गर्दै आचार्यले जित हात पारेकी हुन्।
आचार्यले ५५ हजार ५ सय १३ मत प्राप्त गरिन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. शेखर कोइरालाले १२ हजार ८ सय ५० मत प्राप्त गरे।
नेकपा एमालेका उम्मेदवार विनोद ढकालले ८ हजार ३ सय १७ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका मातृका पौडेलले ३ हजार ४ सय मत प्राप्त गरेका छन्।
निर्वाचनमा उम्मेदवार बन्नुअघि आचार्य यो क्षेत्रमा खासै परिचित थिइनन्। विराटनगर घर भए पनि उनी स्थानीय राजनीतिमा सक्रिय थिइनन्।
कोइराला परिवारको राजनीतिक विरासतसँग जोडिएका डा. शेखर यसअघि सोही क्षेत्रबाट पटकपटक निर्वाचित हुँदै आएका थिए।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित