मोरङ–४ मा रास्वपाका राजवंशी निर्वाचित

मोरङ । राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष राजवंशी मोरङ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

बिहीबार सम्पन्न निर्वाचनको आज बिहान सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार राजवंशीले ४० हजार ८३३ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

निर्वाचन अधिकृत कार्यालय क्षेत्र नं ४ का अनुसार उहाँका निकटतम प्रतिस्पर्धीमा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले १२ हजार ८१८ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका अमनलाल मोदीले १० हजार ७६२ मत, नेकपा एमालेका जीवन घिमिरेले छ हजार ९३३ मत प्राप्त गर्नुभएको ।

प्रतिक्रिया

ताजा समाचार