
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुकेश रन्जित भक्तपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।
अन्तिम मतपरिणामअनुसार रन्जितले ३३ हजार ४ सय ३६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवालले २८ हजार १ सय ४७ मत प्राप्त गर्दै पराजित भएका छन्।
निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसका किरण न्यौपानेले ४ हजार २ सय ८२ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का सोमप्रसाद मिश्रले ३ हजार ७ सय २१ मत पाएका छन्।
यसअघि उक्त क्षेत्रमा नेमकिपाका प्रेम सुवालले लगातार जित हासिल गर्दै आएका थिए।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित