
बझाङ । बझाङबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार ऐन महर निर्वाचित भएका छन्।
महरले १८ हजार ५ सय ४३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाश रसाइली स्नेहीले १६ हजार ३ सय ४ मत प्राप्त गरेका छन्।
त्यस्तै, नेकपाका मीनबहादुर कुँवरले ९ हजार ७ सय ५७ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शैलेशकुमार सिंहले ९ हजार २ सय ६३ मत प्राप्त गरेका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित