गुल्मी–२ मा एमाले उपाध्यक्ष गोकर्ण विष्ट पराजित, रास्वपाका गोविन्द पन्थी विजयी

काठमाडौं । गुल्मी निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा (एमाले)का उपाध्यक्ष गोकर्ण विष्ट पराजित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गोविन्द पन्थीले ५६१ मतान्तरले विष्टलाई पराजित गर्दै विजय हासिल गरेका हुन्।

अन्तिम मतपरिणाम अनुसार पन्थीले १६ हजार ९ सय ६७ मत प्राप्त गरेका छन् भने विष्टले १६ हजार ४ सय ६ मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेसका उम्मेदवार भुवनप्रसाद श्रेष्ठले १४ हजार ४ सय ३४ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्।

प्रतिक्रिया

ताजा समाचार