गुल्मी–१ मा सागर ढकाल विजयी, प्रदीप ज्ञवाली पराजित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सागर ढकाल फराकिलो मतान्तरसहित विजयी भएका छन्।

अन्तिम मतपरिणाम अनुसार ढकालले २९ हजार ६ सय ४२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का प्रदीप ज्ञवालीले १५ हजार १ सय ८१ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीले १३ हजार ५ सय ५ मत प्राप्त गरेका छन्।

ढकालले ज्ञवालीलाई १४ हजार ४ सय ६१ मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन्।

यस परिणामसँगै गुल्मी–१ मा रास्वपाले उल्लेखनीय सफलता हात पारेको छ। प्रमुख दलका उम्मेदवारबीच प्रतिस्पर्धा भए पनि ढकालले सुरुदेखि नै अग्रता कायम राख्दै अन्ततः फराकिलो मतान्तरसहित जित सुनिश्चित गरेका हुन्।

प्रतिक्रिया

ताजा समाचार