
सुर्खेत । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दैलेख निर्वाचन क्षेत्र नम्बर–२ बाट नेकपा (एमाले)का उम्मेदवार लक्ष्मीप्रसाद पोखरेल विजयी भएका छन्।
पोखरेलले १३ हजार ८ सय ८९ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिक्पाल शाहीले ९ हजार ५ सय ५२ मत प्राप्त गरेका छन्। यसरी पोखरेल ४ हजार ३ सय ३७ मतान्तरले विजयी भएका छन्। यससँगै कर्णाली प्रदेशमा एमालेले आफ्नो खाता खोलेको छ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बखतबहादुर शाहीले ६ हजार ७ सय ९७ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार योगेन्द्र शाहीले ३ हजार ८ सय ५१ मत प्राप्त गरेका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित