डडेलधुरामा रास्वपाका ताराप्रसाद जोशी विजयी

काठमाडौं । डडेलधुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका छन्।

जोशीले १९ हजार १३१ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरले १२ हजार १२१ मत प्राप्त गरेका छन्।

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का मानसिंह मालले ६ हजार ८३४ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का चक्र स्नेहीले ३ हजार २६ मत पाएका छन्।

प्रतिक्रिया

ताजा समाचार