सिन्धुपाल्चोक–२ मा नेकपाका युवराज दुलाल विजयी, एमालेका शेरबहादुर तेस्रो

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाका युवराज दुलाल विजयी भएका छन्।

दुलालले २१ हजार ५७२ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका वंशलाल तामाङ ले १८ हजार ८४८ मत प्राप्त गरे। दुवैबीचको मतान्तर २ हजार ७२४ रहेको छ।

यस क्षेत्रमा नेकपा एमालेका शेरबहादुर तामाङ १५ हजार ५१४ मतसहित तेस्रो स्थानमा रहे भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अजय श्रेष्ठ १३ हजार ८१७ मतसहित चौथो स्थानमा रहे।

प्रतिक्रिया

ताजा समाचार