
काठमाडौं । रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कृष्णहरि बुढाथोकी विजयी भएका छन्।
बुढाथोकीले २४ हजार ८०८ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका माधवप्रसाद ढुंगेल ले १७ हजार ६०९ मत प्राप्त गरेका छन्। त्यसैगरी नेपाली कांग्रेसका रामचन्द्र खड्का ले १६ हजार ३०७ मत ल्याएका छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का श्यामकुमार श्रेष्ठ ले १३ हजार ३५४ मत प्राप्त गरेका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित