गोरखा–२ मा रास्वपाका कविन्द्र बुर्लाकोटी निर्वाचित, एमालेका चक्रे मिलन चौथो

गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कविन्द्र बुर्लाकोटी विजयी भएका छन्।

बुर्लाकोटीले २६ हजार ६६० मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी ११ हजार ७०० मतमा सीमित भए। दुवैबीचको मतान्तर १४ हजार ९६० रहेको छ।

यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का लेखनाथ न्यौपाने ११ हजार ७३ मतसहित तेस्रो स्थानमा रहे। नेकपा एमालेका मिलन गुरुङ (चक्रे मिलन) ३ हजार ८७ मतसहित चौथो स्थानमा सीमित रहे।

प्रतिक्रिया

ताजा समाचार