
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत अछाम निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार यज्ञबहादुर बोगटी विजयी भएका छन्।
बोगटीले ९ हजार ५१८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका पुष्प शाह ले ९ हजार ०४६ मत प्राप्त गरे।
शाहलाई ४७२ मतान्तरले पराजित गर्दै बोगटी विजयी भएका हुन्।
यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का बलबहादुर कुँवर ले ६ हजार ४९३ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का भुपदेव शाह ले ४ हजार ५६२ मत प्राप्त गरेका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित