
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुधन गुरुङ विजयी भएका छन्।
गुरुङले नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन्। गुरुङले २९ हजार ८९६ मत प्राप्त गर्दा खत्री १५ हजार ३९८ मतमा सीमित भए।
यसैगरी नेकपाका उम्मेदवार हरिराज अधिकारी ११ हजार १२४ मतसहित तेस्रो स्थानमा रहे भने नेकपा (एमाले) का रामचन्द्र लामिछानेले ३ हजार ७३२ मत प्राप्त गरेका छन्।
यस जितसँगै प्रतिनिधिसभाको प्रत्यक्षतर्फ रास्वपाले कुल १२५ सिट जित्न सफल भएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित