
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। ‘एनएक्स्टी २०२६’ ग्लोबल समिटमा सहभागी हुन उनी आज दिउँसो ४:२० बजे एयर इन्डियाको उडानमार्फत नयाँदिल्ली गएका हुन्। भट्टराईको सचिवालयले उक्त जानकारी दिएको हो।
नयाँदिल्लीस्थित भारत मण्डपममा आगामी मार्च १२, १३ र १४ मा आयोजना हुने सम्मेलनमा भट्टराई ‘गेस्ट अफ अनर’ का रूपमा सहभागी हुने कार्यक्रम रहेको छ।
सम्मेलनमा विश्वभरका नीति–निर्माता, सांसद, प्राविधिक, व्यवसायी तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने आयोजकले जनाएको छ। कार्यक्रममा विश्व शासन, प्रविधि, अर्थतन्त्र, शिक्षा, सुरक्षा, स्वास्थ्य, वातावरण तथा अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता समसामयिक विषयमा छलफल हुने बताइएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथिका रूपमा सहभागी हुने उक्त समिटमा अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मोरिसन र स्वीडेनका पूर्वप्रधानमन्त्री फ्रेडरिक राइनफेल्ट लगायत अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको पनि उपस्थिति रहनेछ।
भट्टराई फागुन ३० गते स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित