
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको नेतामा ज्ञानबहादुर शाही र प्रमुख सचेतकमा खुश्बु ओलीलाई नियुक्त गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो।
बैठक पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा भएको थियो। राप्रपाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १ सिट र समानुपातिकतर्फ ४ सिट जितेको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित