सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव ल्याइनेः उपसभापति शर्मा

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाको राजीनामा अस्वीकृत गरिने बताएका छन्।

सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै उनले केन्द्रीय समिति बैठकमा सभापतिको राजीनामा पत्रसँगै राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश गरिने जानकारी दिएका हुन्।

शर्माले पार्टी पराजयको नैतिक जिम्मेवारी लिनु सकारात्मक भए पनि वर्तमान अवस्थामा सभापतिको मुख्य दायित्व स्थिति सम्हाल्नु भएको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, “नैतिक जिम्मा लिन्छु भन्नु सकारात्मक हो, तर अहिलेको प्रधान दायित्व स्थिति सम्हाल्नु हो। बैठकमा प्रारम्भिक समीक्षा, राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश हुनेछ।”

कांग्रेस सभापति थापाले उपसभापति शर्मालाई राजीनामा पत्र बुझाएको बताइएको छ।

प्रतिक्रिया

ताजा समाचार