गगन थापा भन्छन्—‘दबाब होइन, जवाफदेहीताले राजीनामा दिएँ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा ले आफूले हतार वा हतासमा राजीनामा नदिएको प्रष्ट पारेका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले पार्टी विधानअनुसार उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा पेश गरेको बताए।

‘फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामको जिम्मेवारी लिँदै मैले उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा प्रस्तुत गरेको थिएँ,’ थापाले भने, ‘नेपाली कांग्रेसको विधानअनुसार सभापतिले राजीनामा दिन चाहेमा उपसभापतिसमक्ष पेश गर्ने र उपसभापतिले त्यसलाई केन्द्रीय समितिमा प्रस्तुत गर्ने व्यवस्था छ। यसबारे छलफल पनि भइसकेको छ।’

उनले यो निर्णय कुनै दबाब वा ग्लानीका कारण नभई जिम्मेवारी बोधका आधारमा गरिएको स्पष्ट पारे।

‘मैले कुनै हतारमा वा हतासमा राजीनामा दिएको होइन। विशेष महाधिवेशन नगरी निर्वाचनमा गएका थियौं भने त्यसको सामना कसरी गर्नुपर्थ्यो भन्ने कुरा निर्वाचित र अनिर्वाचित दुवैले बुझेका छन्,’ उनले भने।

साथै, विशेष महाधिवेशन गर्नु कमजोरी थियो कि भन्ने अन्योलका कारण आफूले राजीनामाको निर्णय नलिएको पनि उनले स्पष्ट पारे।

‘विशेष महाधिवेशन गरेर कतै कमजोरी गर्‍यौं कि भन्ने विषयमा एकक्षण पनि अलमल नगरी यो निर्णयमा पुगेको हुँ,’ उनले भने, ‘यो निर्णय कुनै दबाबका कारण गरिएको होइन।’

प्रतिक्रिया

ताजा समाचार