
काठमाडौं । मुलुकले चैत १३ गते नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) शुक्रबार प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिने भएका छन्।
शपथ ग्रहण कार्यक्रम मध्याह्न १२:३४ बजेका लागि तय गरिएको छ। समारोहलाई विशेष बनाउन विभिन्न धार्मिक तथा सांस्कृतिक विधिहरू समावेश गरिने बताइएको छ।
कार्यक्रमअनुसार सात वटा शंखबाट शंखनाद गरिनेछ भने १०८ जना बटुकद्वारा स्वस्ती शान्ति वाचन गरिनेछ। साथै, १६ जना बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गरिने तयारी गरिएको छ।
शपथ ग्रहणपछि प्रधानमन्त्री शाहले दिउँसो करिब सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गर्ने कार्यक्रम रहेको जनाइएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित