
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शिशिर खनाललाई परराष्ट्र मन्त्री बनाउने निर्णय गरेको छ।
पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेबीच भएको छलफलपछि खनाललाई परराष्ट्र मन्त्री बनाउने सहमति भएको स्रोतले जनाएको छ।
खनाल पार्टीका सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख समेत हुन्। उनी काठमाडौँ–६ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित