नयाँ अनुहारसहित बालेन्द्र शाह नेतृत्वमा १६ सदस्यीय मन्त्रिपरिषद् गठन

काठमाडौं । देशको कार्यकारी जिम्मेवारी सम्हाल्न बालेन्द्र शाह नेतृत्वमा १६ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरिएको छ। यस मन्त्रिपरिषद्मा विभिन्न क्षेत्रमा नयाँ अनुहारलाई अवसर दिँदै सरकारलाई गतिशील बनाउने प्रयास गरिएको देखिन्छ।

नयाँ मन्त्रिपरिषद् गठनसँगै अर्थ मन्त्रालयको जिम्मेवारी स्वर्णिम वाग्लेलाई दिइएको छ भने कानून मन्त्रालय सोविता गौतमले सम्हाल्ने भएकी छन्। परराष्ट्र मन्त्रालय शिशिर खनाललाई दिइएको छ।

ऊर्जा मन्त्रालय विराजभक्त श्रेष्ठले सम्हाल्ने भएका छन् भने गृहमन्त्रालयको जिम्मेवारी सुधन गुरुङलाई दिइएको छ।

उद्योग मन्त्रालय अमरेश कुमार सिंहले सम्हाल्नेछन्। यसैगरी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल नियुक्त भएकी छन् भने कृषि मन्त्रालय गीता चौधरीको जिम्मामा परेको छ। सञ्चार मन्त्रालय विक्रम तिमल्सिनाले सम्हाल्ने भएका छन्।

श्रम मन्त्रालय दीपक साहलाई दिइएको छ भने शिक्षा मन्त्रालय सस्मित पोखरेलले सम्हाल्ने भएका छन्। पर्यटन मन्त्रालय खड्क पौडेलको जिम्मामा परेको छ।

भौतिक पूर्वाधार मन्त्रालय सुनिल लम्साललाई दिइएको छ भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सीता वादीले सम्हाल्नेछिन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा निशा मेहता नियुक्त भएकी छन्।

नयाँ मन्त्रिपरिषद् गठनसँगै सरकारको प्राथमिकतामा विकास निर्माणलाई तीव्रता दिने, सुशासन कायम गर्ने तथा अर्थतन्त्र सुधारतर्फ ध्यान केन्द्रित गर्ने लक्ष्य अघि सारिएको छ।

प्रतिक्रिया

ताजा समाचार