
काठमाडौं । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक केहीबेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्दैछ।
बैठकका लागि पदभार ग्रहणको काम सकेर अहिले मन्त्रीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगिरहेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले आजै प्रधानमन्त्रीको रूपमा बालेन्द्र शाहलाई नियुक्त गरेका थिए। साथै, नवनियुक्त मन्त्रीहरूले पनि आजै शपथ लिएका छन्।
उनीहरू सबैले सिंहदरबार पुगेर पदभार ग्रहण गरिसकेका छन्। सरकारले गर्ने केही महत्त्वपूर्ण कामबारे बैठकमा निर्णय लिइने बताइएको छ। अधिकांश मन्त्रीहरूले पदभार ग्रहणसँगै पहिलो निर्णयहरू अझै लिन बाँकी रहेको जनाइएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित