पूर्वराष्ट्रपति भण्डारीद्वारा प्रधानमन्त्री शाहलाई बधाई

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएकी छन्।

सामाजिक सञ्जालमार्फत् सन्देश दिँदै भण्डारीले लोकतन्त्रको संस्थागत विकास, राष्ट्रिय एकताको सुदृढीकरण तथा संविधानको प्रभावकारी कार्यान्वयनमा शाह नेतृत्वको सरकार सफल रहोस् भन्ने कामना व्यक्त गरेकी छन्।

उनले लेखेकी छन्, “मुलुकमा सुशासन, पारदर्शिता तथा जवाफदेहिताको स्थापना गर्दै आर्थिक समृद्धितर्फ महत्वपूर्ण प्रगति हासिल हुने अपेक्षा गरिएको वर्तमान सन्दर्भमा रास्वपाप्रति जनताले दर्शाएको समर्थन आफैँमा ठूलो जिम्मेवारी पनि हो।”

प्रतिक्रिया

ताजा समाचार