कांग्रेस संसदीय दलको नेताका लागि चैत २४ मा निर्वाचन

काठमाडौैं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि चैत २४ गते निर्वाचन गर्ने निर्णय गरेको छ।

केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्वाचनको मिति तय गरेको हो।

बैठकले प्रकाश रसाइलीको संयोजकत्वमा मुना भुसाल र राजु कटुवाल सदस्य रहने निर्वाचन समिति गठन गरेको छ।

संसदीय दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, मोहन आचार्य र भरतबहादुर खड्काले दाबी गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार