
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाही बीच भेटवार्ता भएको छ। शाहीले आज लामिछाने निवास पुगेर भेट गरेका हुन्।
उनीहरूबीच प्रतिनिधि सभाको उपसभामुख पदबारे छलफल भएको जनाइएको छ। राप्रपाकी सांसद खुस्बु वली लाई उपसभामुख बनाउने चर्चा चलिरहेको छ। साथै, नेपाली कांग्रेस, नेकपा र श्रम संस्कृति पार्टीले पनि उक्त पदमा दाबी गरिरहेका छन्।
लामिछानेसँगको भेटपछि शाहीले फेसबुकमार्फत तस्बिर सार्वजनिक गर्दै देश निर्माणका लागि एकजुट भएर अघि बढिरहेको बताएका छन्।
उनले लेखेका छन्, “विगतका दुःखहरूले हामीलाई कमजोर होइन, अझ दृढ बनाएको छ। त्यसैले आज हामी एकजुट भएर देश बनाउने महाअभियानमा अघि बढिरहेका छौँ।”
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित