रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दा संशोधनसम्बन्धी निर्णयका विरुद्ध दायर रिट निवेदनको सुनुवाइ स्थगित भएको छ।

महान्यायाधीवक्ता कार्यालयले दिएको निवेदनका आधारमा बिहीबारका लागि तय गरिएको सुनुवाइ स्थगित गरिएको हो।

उक्त मुद्दा बिहीबार न्यायाधीश नृपध्वज निरौला, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासमा पेश हुने तालिका थियो।

मुद्दा संशोधनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीनवटा छुट्टाछुट्टै रिट निवेदन दर्ता भएका छन्। संयुक्त इजलासका दुई न्यायाधीशले गम्भीर कानुनी प्रश्न उठाउँदै मुद्दालाई तीन सदस्यीय पूर्ण इजलासमा पेश गर्न आदेश दिएका थिए।

त्यसअनुसार सर्वोच्च अदालतले पहिलोपटक बिहीबारका लागि सुनुवाइको मिति तोकेको थियो, तर महान्यायाधीवक्ता कार्यालयको निवेदनपछि सुनुवाइ स्थगित भएको हो।

प्रतिक्रिया

ताजा समाचार