
काठमाडौं । प्रतिनिधि सभाको पहिलो बैठकमै विपक्षी दलहरूले उठेर विरोध जनाएका छन् । बैठक सुरु हुनासाथ विपक्षी सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर सरकारविरुद्ध नाराबाजीसहित विरोध प्रकट गरेका हुन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टी का सांसदहरूले संयुक्त रूपमा विरोध जनाएका थिए ।
विपक्षी सांसदहरूको विरोधपछि सभामुख डीपी अर्याल ले प्रमुख प्रतिपक्षी दलका सचेतक निश्कल राई लाई बोल्न समय दिएका थिए ।
राईले सरकारले अध्यादेशमार्फत शासन चलाउन खोजेको आरोप लगाउँदै सुकुम्बासी बस्तीमा डोजर चलाइएको विषयप्रति पनि आपत्ति जनाए । उनले जनताको समस्याप्रति सरकार संवेदनशील बन्नुपर्ने माग गरे ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित