
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री सदनबाट बाहिरिएको विषय उठाएको छ।
आज बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्रीको व्यवहार संसदीय मर्यादा र परम्पराविपरीत भएको टिप्पणी गरिन्।
राष्ट्रपतिले सम्बोधन गरिरहँदा प्रधानमन्त्री किन उठेर बाहिरिनुभयो भन्ने विषयमा स्पष्ट जवाफ दिनुपर्ने उनले माग गरिन्।
लोकतन्त्रमा पदभन्दा पनि मर्यादा ठूलो हुने भन्दै उनले राज्यका उच्च पदमा रहेका व्यक्तिहरूले संसदीय मूल्य र परम्पराको सम्मान गर्नुपर्ने बताइन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित