‘निदाएको होइन, अर्जेन्ट म्यासेज हेर्दै थिएँ’ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा आफू निदाएको भन्ने आरोपको खण्डन गरेका छन्।

मन्त्री निदाएको भन्दै भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनले आज एक संसदीय समिति बैठकमा आफैं त्यसबारे स्पष्टीकरण दिएका हुन्।

वाग्लेले भने, “अर्थमन्त्री निदायो भनेर निकै भाइरल भएको छ। जे देखिन्छ, त्यही नै यथार्थ नहुन पनि सक्छ भन्ने चेत सबैमा रहोस्।”

उनका अनुसार बैठकका क्रममा अत्यावश्यक सन्देशहरू आइरहेकाले उनले टेबुलमुनि मोबाइल राखेर हेरेका थिए।

“राष्ट्रपतिका अगाडि फोन उठाएर हेर्नु शोभनीय हुँदैन भन्ने लागेर मैले घोप्टो परेर मोबाइलमा म्यासेज हेर्दै थिएँ। अर्थमन्त्री निदायो भनेर दशौं लाख मानिसले रमाइलो गरेका छन्,” उनले भने।

देखिएको दृश्यकै आधारमा हतारमा निष्कर्षमा नपुग्न उनले आग्रह गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार