नीति तथा कार्यक्रममाथिको छलफल सकिँदै, प्रधानमन्त्रीले आज संसदमा जवाफ दिने

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा को बैठक आज बिहान ११ बजे बस्दैछ । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा सरकारको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह ले नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । साथै, सांसदहरूबाट प्राप्त संशोधन प्रस्तावहरू प्रस्तुत गरिने र त्यसमाथि छलफल हुने जनाइएको छ ।

आजको बैठकमै नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको प्रधानमन्त्री शाहले जवाफ दिने कार्यसूची पनि रहेको छ ।

यसअघि सोमबार राष्ट्रपति रामचन्द्र पौडेल ले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । मङ्गलबार बसेको बैठकमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राखेका थिए ।

संसद्को सम्भावित कार्यसूचीअनुसार आज नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

त्यसैगरी, राष्ट्रियसभा को बैठक पनि आज दिउँसो १२ः१५ बजे बस्नेछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार