
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधि सभामा सांसदहरूले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिन उपस्थित नहुने भएपछि संसदीय अभ्यास र मर्यादाबारे प्रश्न उठेका छन् ।
संसद सचिवालयले पहिले सार्वजनिक गरेको कार्यसूचीमा प्रधानमन्त्री स्वयंले जवाफ दिने उल्लेख भए पनि पछि परिवर्तन गरिएको छ । अब प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुहुनेछ ।
यसअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपतिले वाचन गरिरहेको बेला प्रधानमन्त्री शाह संसदबाट बाहिरिएको विषय पनि सार्वजनिक बहसमा आएको थियाे । त्यस्तै, नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने परम्परागत अभ्यास भए पनि उनी त्यसबाट अलग भएको भन्दै आलोचना भइरहेको छ ।
आलोचकहरूले यसलाई संसदीय उत्तरदायित्वसँग जोडेर हेरेका छन् भने समर्थकहरूले कार्यभार र समय व्यवस्थापनको कारण देखाएका छन् । प्रधानमन्त्रीले अहिलेसम्म प्रतिनिधि सभामा प्रत्यक्ष सम्बोधन नगरेको अवस्था पनि उल्लेख गर्दै संसदमा सरकार प्रमुखको उपस्थिति आवश्यक हुने तर्क उठाइएको छ । यस विषयमा संसदभित्र र बाहिर थप बहस जारी रहने देखिएको छ ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित