
काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ स्वीकृत गरेको छ । आज बसेको बैठकले उक्त नियमावली स्वीकृत गरेको सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए ।
बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ संशोधन गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।
त्यसैगरी, भूमिसम्बन्धी २१औँ संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरिएको छ ।
यस्तै, सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभा सदस्यहरू सुशील खड्का र योगेश गौचन थकालीलाई मनोनयन गर्ने निर्णयसमेत गरिएको छ ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित