संसदमा प्रधानमन्त्रीको खोजी, रुलिङ गर्न सभामुखसँग कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको अनुपस्थितिप्रति आपत्ति जनाएको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसका सचेतक निश्कल राईले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री उपस्थित नभएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले प्रधानमन्त्रीलाई संसद् बैठकमा उपस्थित गराउन सभामुखमार्फत रुलिङ गर्न मागसमेत गरे ।

राईले हिजो आफ्नो दलका नेताले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन माग गरेको स्मरण गराउँदै संसद्प्रति सरकार जिम्मेवार हुनुपर्ने बताए ।

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूची रहे पनि उनी बैठकमा अनुपस्थित हुने भएका छन् । त्यसका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई जवाफ दिने जिम्मेवारी दिँदै कार्यसूची संशोधन गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार