
काठमाडौं । नेकपा एमालेका सचेतक ऐन महरले सरकारबाट पटक–पटक संसद्को हुर्मत लिने काम भएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नीति तथा कार्यक्रम प्रस्तुतिको क्रममा पनि प्रधानमन्त्रीबारे प्रश्न उठेको उल्लेख गरे ।
महरले भने, ‘सदनलाई कुनै जानकारी नगराई एक्कासी अर्को मन्त्रीमार्फत नीति तथा कार्यक्रम टेबल गर्ने प्रयास भयो, यो नियमावली, संसद्को नियमावली, संविधान सबैको बर्खिलापमा छ ।’
उनले संविधानको धारा ७६ को उपधारा १० अनुसार प्रधानमन्त्री तथा मन्त्रीहरू संघीय संसद्प्रति उत्तरदायी हुने व्यवस्था रहेको स्मरण गराए ।
त्यस्तै, सांसद गुरु बरालले पनि प्रधानमन्त्रीको अवस्थाबारे सदनलाई जानकारी गराउन माग गर्दै सत्तापक्षले विपक्षको आवाजलाई बेवास्ता गरेको आरोप लगाए ।
उनले भने, ‘प्रधानमन्त्रीलाई यहाँ आउन केले रोकेको हो ? उहाँ कहाँ हुनुहुन्छ ? हाउसले थाहा पाउनुपर्यो । उहाँ आउन नसक्ने उचित कारण भए अन्य मन्त्रीले जवाफ दिन सक्छन्, तर प्रतिपक्षको भावनालाई सम्बोधन गरिएको छैन ।’
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित