
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले संसद्मा दिएको अभिव्यक्तिको केही अंश संसदीय रेकर्डबाट हटाइएको छ ।
प्रतिनिधिसभाको गत वैशाख २९ गतेको बैठकमा बोल्ने क्रममा प्रयोग गरेका दुई शब्द अभिलेखबाट हटाउन निर्देशन दिइएको सभामुख डोल प्रसाद अर्यालले जानकारी दिए ।
सभामुखका अनुसार, ‘भरौटेहरू’ र ‘यहाँ लुगा लगाएर पनि नांगै हिँडेजस्तो’ भन्ने अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइएको हो ।
सभामुखले भने, ‘वैशाख २९ गतेको बैठकमा माननीय सदस्य गणेश पराजुलीले बोल्ने क्रममा प्रयोग गर्नुभएको “भरौटेहरू” र “यहाँ लुगा लगाएर पनि नांगै हिँडेजस्तो” भन्ने शब्दहरू सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएको छु ।’
पराजुलीको उक्त अभिव्यक्ति हटाउन एमाले सांसद ऐन महरले अघिल्लो बैठकमा माग गरेका थिए ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित