सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

संसद् सचिवालयमा आज आयोजित एक कार्यक्रममा सभामुख अर्यालले नवनियुक्त उहाँलाईए शपथ गराउनुभएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्यालको सिफारिसमा श्री अधिकारीलाई बुधबार प्रतिनिधिसभाको सचिवमा नियुक्त गर्नुभएको हो ।

प्रतिक्रिया

ताजा समाचार