प्रधानमन्त्रीलाई लक्षित गर्दै हर्क साम्पाङको व्यंग्यात्मक टिप्पणी- आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री अनुपस्थित रहेको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री सदनमा उपस्थित नहुनु संसद्को मर्यादा र संसदीय परम्पराविपरीत भएको बताए ।

उनले भने, ‘उहाँले छलफल सुन्नुभएन, तर उत्तर दिने बेलामा आउनुहुनेछ भन्ने विश्वास लिएका छौँ। यदि उहाँ आउनुभएन भने हाम्रो पार्टी बैठकबाट बाहिरिनेछ। हामीले अरूबाट सुन्नुपर्ने अवस्था हुनुहुँदैन। आफ्नो बिहेमा अरूलाई बेहुला बनाएर पठाउन मिल्दैन।’

साम्पाङले सरकारलाई जनउत्तरदायी बन्न र संसद्को गरिमाप्रति संवेदनशील हुन पनि आग्रह गरे ।

प्रतिक्रिया

ताजा समाचार